राष्ट्रियसभागृहमा समाजवादी मोर्चा घोषणा

काठमाडौँ । असार ४, चार दलद्धारा आज राष्ट्रियसभागृहमा समाजवादी मोर्चा घोषणा गरीरहेको जनाकारी प्राप्त भएको छ ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा सोमबार घोषणा गरिँदैछ ।
काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा मोर्चा घोषणा गर्न लागिएको हो । कार्यक्रममा समाजवादी मोर्चाको साझा प्रतिवद्धता घोषणा गरिएको छ । दलहरुबीच समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति छ ।