टीआरसीमा गठित संसदीय समितिको समय तिन दलको सहमति कुर्दा कुर्दैमा

काठमाडौँ । असार ४, टीआरसीमा गठित संसदीय समितिको समय तिन दलको सहमति कुर्दा कुर्दैमा रहेको छ ।
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित संसदीय उपसमितिले मुख्य विषयमा प्रवेश नै नगरी निर्धारित समय गुजारेको छ ।
प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गत जेठ ५ गते ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’माथि सहमति जुटाउन ११ सदस्यीय उपसमिति गठन गरेको थियो ।
शीर्ष नेताहरुका बीचमा भएको सहमति अनुसार नै कानुन न्याय तथा मानव अधिकार समितिले उपसमिति गठन गरेको थियो ।
तर, शीर्ष नेताहरुले विधेयकको विषयवस्तुमा रहेको विवाद कसरी समाधान गर्ने भन्ने निर्णय नदिएका कारण संसदीय उपसमिति छलफलका लागि छलफल गर्नेमा केन्द्रित हुन पुगेको स्वयं समिति सदस्यहरुको गुनासो छ ।