पर्यटक बोकेको पनडुब्बी जहाज एट्लान्टिक महासागरमा बेपत्ता
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । असार ५, टाइटानिक जहाजको भग्नावशेष हेर्ने पर्यटक बोकेको पनडुब्बी जहाज बेपत्ता भएको जानकारी प्राप्त भएको छ ।
एट्लान्टिक महासागरमा पर्यटकलाई टाइटानिकको भग्नावशेष देखाउन प्रयोग गरिँदै आएको पनडुब्बी हराएको बीबीसीले जनाएको छ ।
अहिले पनडुब्बीको खोजी भइरहेको जानकारी प्राप्त भएको छ । हराइरहेको पनडुब्बीमा कति यात्रु थिए भन्ने खुलेको छैन । टाइटानिकको भग्नावशेष क्यानडाको तटबाट चार सय नटिकल माइल टाढा एट्लान्टिक महासागरको तीन हजार आठ सय मिटर तल छ ।
टाइटानिक जहाज सन् १९१२ को अप्रिलमा आफ्नो पहिलो यात्रामै आइसबर्गमा ठोक्किएपछि डुबेको थियो । त्यस बेला जहाजमा रहेका २२ सय जनामध्ये छ सय सात जनामात्रै बाँचेका थिए । समुद्रमा डुबेको जहाजको भग्नावशेष सन् १९८५ मा पत्ता लागेको थियो ।
केही वर्षदेखि टाइटनिक जहाजको भग्नावशेष देखाउन ओशनगेट कम्पनीले पनडुब्बीमार्फत पर्यटक लैजाने गरेको छ । कम्पनीले आठ दिनको प्याकेजका लागि प्रतिव्यक्ति साढे १ लाख डलर दिने गरेको छ ।