विद्यालय कर्मचारीको माग पूरा नभएसम्म घर नफर्कने अडान

सहयात्रा टिभी

काठमाडौँ । असार ७, निजामती कर्मचारीसरह तलब सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यालय कर्मचारीले माग पूरा नभएसम्म नफर्किने अडानका साथ माइतीघरमा रिले अनशन जारी राखेका छन्।

जेठ २० गतेदेखि आन्दोलित विद्यालय कर्मचारीहरुले असार २ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेका थिए।

तर सरकारले वार्ता समिति गठन गरेपछि बन्दको कार्यक्रम भने फिर्ता लिएका थिए। त्यसपछि सरकारसँगको वार्ता र आन्दोलनलाई निरन्तर अघि बढाइरहेका छन् । त्यसैले दैनिक माइतीघर मण्डलामा रिले अनशन गर्दै आएका छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकको संयोजकत्वमा रहेको सरकारी वार्ता टोलीसँग कर्मचारीहरुले २ असारमा नै वार्ता गरे। वार्तापछि समस्या समाधानका लागि गठित ४ सदस्यीय उपसमितिले ५ बुँदे सहमति जुटाएको छ ।

 

प्रकाशित : 22 June, 2023

प्रतिक्रिया दिनुहोस्