भोटेबहालमा इनारमा डुबेर दुईजनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । असार ११, काठमाडौँको भोटेबहालमा इनारमा डुबेर दुईजनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँबाट  जानकारी प्राप्त भएको छ ।

पानी तान्ने मोटर निकाल्न दिपेन सुरुमा इनारामा  पसेका हुन् । दिपेनलाई बचाउन त्यसपछि जितेश इनारमा गएका थिए ।

 

प्रकाशित : 26 June, 2023

प्रतिक्रिया दिनुहोस्