उच्च अदालतमा रिक्त ४१ न्यायाधीशको नियुक्तिका लागि बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । असार ११, न्यायपरिषद्को बैठक सोमबारका लागि आव्हान गरिएको छ ।

उच्च अदालतमा रिक्त ४१ न्यायाधीशको नियुक्तिका लागि परिषद्को बैठक बस्न लागेको हो ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको निर्देशनमा सोमबार अपराह्न १ बजेका लागि परिषद्को बैठक डाकिएको छ ।

बैठकको एजेन्डाका रूपमा उच्च अदालतहरूमा रिक्त न्यायाधीशको नियुक्ति र ‘विविध’ राखिएका छन् ।

हाल उच्च अदालतमा ४१ जना न्यायाधीशको पद रिक्त छ । तर ४१ जना न्यायाधीशको पद रिक्त भए पनि यसअघि बनेको कार्याविधिका आधारमा छनोट गर्ने भनिएको २७ जना न्यायाधीशको सम्बन्धमा सोमबार निर्णय हुन सक्नेछ ।

 

प्रकाशित : 26 June, 2023

प्रतिक्रिया दिनुहोस्