नेपाली फेसन शो ‘हेरिटेज अफ फेसन’अष्ट्रेलियाको तास्मानियामा
काठमाडौँ । असार ११, नेपाली डायस्पोराको चर्चितमध्येको एक फेसन शो ‘हेरिटेज अफ फेसन’ अष्ट्रेलियाको तास्मानियामा सम्पन्न भएको छ ।
फिल्म निर्माता समेत रहेका सन्तोष अधिकारीले यो शोमार्फत नेपाली फेसनलाई अष्ट्रेलियामा फैलाउँदै आएका छन् । यो शोमा अष्ट्रेलियाली सांसददेखि मेयरसम्मको उपस्थिति थियो ।
हेरिटोज फेसन शोको तास्मानिया संस्करणमा सांसद एला हद्दाद, क्लेरेन्स सिटी काउन्सिलका मेयर ब्रेन्डन ब्लोम, एल्डरम्यान लुइस ब्लुमफिल्ड, पल डेनियल र होबार्ट काउन्सिलका सिआर जोन केली उपस्थिति रहे ।
शोमा नेपालबाट कोरियोग्राफर मुस्कान रानी, डिजाइनर अमितेश कर्ण र इन्द्रलक्ष्मी अचाजुसमेत सहभागी थिए ।
आसाप इन्टरटेनमेन्टले आयोजना गरेको उक्त शो तास्मानियामा नेपाली सुमदायको पहिलो शो रहेको अधिकारीले बताए । ‘हाम्रो संस्कृति हाम्रो पहिचान’ नारासहित आयोजना गरिएको कार्यक्रममा नेपाललगायत विभिन्न देशका कलाकार तथा मोडलले नेपाली फेसन डिजाइनरले तयार पारेका ड्रेसमा ¥याम्प नापेका थिए ।
यसअघि यो फेसन शो नेपाल र अष्ट्रेलियाको सिड्नीमा आयोजना भइसकेको छ ।