नेप्सेमा ७ महिना यताकै उच्च अंकको वृद्धि

काठमाडौँ । असार १२, ७ महिना यताकै ठुलो परिणामले सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ ।
साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से ५६.९४ अंक (२.६७ प्रतिशत) ले वृद्धि भएर २१८६.३६ को विन्दुमा बन्द भएको छ ।
सोमबार बैंकिङ र लघुवित्त उपसूचकमा भएको उच्च वृद्धिले उचालिएको नेप्से करिब ७ महिना यताकै उच्च विन्दुमा पुगेको हो ।
२६ पुस २०७९ मा २१९०.४२ को विन्दुमा बन्द भएको नेप्से घटेर १८०७ सम्म झरी पुन सोही विन्दुमा पुग्न करिब ७ महिना लागेको हो ।