सुन र चाँदीको मूल्य बृद्धि
सहयात्रा टिभी
काठमाडौँ । असार १२, मंगलबार सुन र चाँदीको मूल्य बृद्धि भई कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भएको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार ६००, तेजावी सुनको मूल्य १ लाख १० हजार ५० र चाँदीको मूल्य १ हजार ३७५ रुपैयाँ तोकिएको छ ।
सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार ४००, तेजावी सुनको मूल्य १ लाख ९ हजार ८५० र चाँदीको मूल्य १ हजार ३६५ रुपैयाँ तोकिएको छ ।