गर्मीका कारण आउँदो हप्ताबाट भरतपुरका विद्यालय बन्द हुने

काठमाडौं । जेठ १९, गर्मीका कारण चितवनको भरतपुर महानगरका विद्यालयहरु आउँदो हप्ताबाट बन्द रहने जनाएको छ ।
महानगरपालिकाले एउटा सूचना निकालेर २१ जेठ आइतरबादेखि २६ जेठ शुक्रबारसम्म विद्यालयमा सार्वजनिक बिदाको घोषणा गरेको छ ।
साउन अन्तिम हप्ता दिइने वर्षे बिदा कटौती गरेर आउँदो हप्ता विद्यालयमा बिदा दिने निर्णय गरेको नगर शिक्षा अधिकारी महेन्द्रप्रसदा पौड्यालले जानकारी दिए ।
साथै महानगरपालिकाले बिदाको समयमा बालबालिकालाई घाममा हिँडडुल गर्न नदिन, नदी तथा पोखरीमा पौडी खेल्ने, माछा मार्ने जस्ता काम गर्न नदिन पनि अभिभावकहरुलाई सचेत गराएको छ ।