नागरिकता विधेयक प्रमाणीकरण गर्न नमिल्ने बारे ओलीको प्रष्याएइ

काठमाडौं । जेठ २२, होल्ड गरीएको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्न नमिल्ने बारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रष्याएइ गरेको जानकारी प्राप्त भएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले एउटा राष्ट्रपतिले होल्ड गरेको नागरिकता विधेयक अर्को राष्ट्रपतिले प्रमाणीकरण गर्न नमिल्ने बताएका हुन् ।
‘एउटा राष्ट्रपतिको इन्ष्टिच्युसनले नगरेपछि राष्ट्रपति त राष्ट्रपति हो, उही उत्तराधिकार हो भने एउटा राष्ट्रपतिले होल्ड गरेपछि त्यो होल्ड भयो’ उनले भने ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरी होल्डमा राखेकी थिइन् । १७ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेपछि नेकपा एमालेले आपत्ति जनाउँदै आएको छ ।
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले पूर्वराष्ट्रपतिमाथि हमला गर्न नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाएको आरोप लगाए । ‘प्रधानमन्त्रीज्यू यहाँँको उद्देश्य पूर्वराष्ट्रपतिमाथि हमला गर्नु थियो । तपाईले अदालतले स्टेअर्डर गरिसकेको विषयलाई त्यो प्रक्रियागत रुपमा अब त्यहाँ हेरौं अदालतमा के हुन्छ त्यसपछि नर्णय गरौंला भनेर टुंग्याउनुपर्थ्यो’, उनले भने ।
पूर्वराष्ट्रपति भण्डारीले विधेयक होल्ड गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दा हालसम्म विचाराधीन छ ।
एमाले अध्यक्ष ओलीले तत्कालिन सत्तारुढ गठबन्धनले बहुमतको बलमा राष्ट्रपतिसमक्ष दादागिरी देखाएको पनि बताए । एकपटक दुबै सदनले पारित गरेर विधेयक पठाएपछि पूर्वराष्ट्रपति भण्डारीले १५ बुँदामा आफ्ना कुरा राखेर सदनमा फिर्ता पठाएपछि राष्ट्रपतिले उठाएको प्रश्न सम्बोधन नगरी पुनः विधेयक पठाइएको ओलीले बताए ।
पूर्वराष्ट्रपति भण्डारीले आफूले सोधेको प्रश्नमागि संसदले कुनै जवाफ नदिएको भन्दै होल्ड गरेको भन्दै ओलीले भने, ‘राष्ट्रपति संसदको बहुमतको दादागिरी देखाउने ठाउँ होइन ।’