आरोही हरि बुढामगरको जीवनी पाठ्यपुस्तकमा राख्न माग

सहयात्रा टिभी

काठमाडौँ । जेठ २४, आरोही हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा राख्न माग गरिएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा ईश्वरी घर्तीले हालै सगरमाथाको सफल आरोहण गरेका दुवै खुट्टा गुमाएका हरि बुढामगरको जीवनी पाठ्यपुस्तकमा राख्न माग गरेकी हुन् । दुवै खुट्टाका घुँडाभन्दा तलको भाग गुमाएका बुढामगरले यही ५ जेठमा सगरमाथाको आरोहण गरेका थिए ।

प्रकाशित : 7 June, 2023

प्रतिक्रिया दिनुहोस्