काठमाडौंको माइतीघरमा नागरिकता माग्दै आज प्रदर्शन

सहयात्रा टिभी

काठमाडौँ । जेठ २५, नागरिकताको माग गर्नेहरुले काठमाडौंको माइतीघरमा आज प्रदर्शन गरेका छन् ।

सरकारले जन्मसिद्ध नागरिकता भएकाका सन्तानलाई पनि नागरिकताबाट बन्चित गरेको भन्दै माइतीघरमा प्रदर्शन भएको हो ।

विदेशी नागरिकहरुले सजिलै नागरिकता पाइरहेको तर आफ्नो र आफ्नी श्रीमतीको जन्मसिद्धको नागरिकता भए पनि छोरीलाई नागरिकता नदिइएको  प्रर्दशनकारीको गुनासो छ ।

प्रचण्ड नेतृत्वको अहिलेको सरकारको सिफारिसमा नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसके पनि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण कार्यान्वयनमा आउन बाँकी छ । प्रर्दशनकारीले न्यायालय र कानुन व्यवसायीहरुप्रति पनि आक्रोश व्यक्त गरेको जनाएका छन् ।

 

 

प्रकाशित : 8 June, 2023

प्रतिक्रिया दिनुहोस्