सुनको मूल्य ८ सयले बढ्यो, तोलाको कति ?
सहयात्रा टिभी
काठमाडौं । जेठ २६, नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार सुनको मूल्य तोलाको एक लाख ११ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।
यही जेठ १८ गते सुनको मूल्य एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेर अहिलेसम्मकै उच्च रकर्ड कायम गरेको थियो ।
यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँ कायम गरिएको छ । बिहीबार प्रतितोला एक ११ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।