दाङमा डुबेर एक बालककाे मृत्यु
सहयात्रा टिभी
दाङ । जेठ २७, दाङमा राप्ती नदीमा डुबेर एक बालककाे मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका -४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरी रहेका छन् । शुक्रबार मध्याह्न घर नजिकै करिब ५:३० बजेको समयमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । मृतककाे शवलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।


