ईसीडी शिक्षक र कर्मचारीले थाल ठटाउँदै माइतीघरमा प्रदर्शन

सहयात्रा टिभी

काठमाडौं । जेठ २८, सामुदायिक विद्यालयका प्रारम्भिक बाल विकास (ईसीडी) शिक्षकहरू र विद्यालयमा कार्यरत कर्मचारी ले काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाइमा केही हप्तादेखि आन्दोलन गरिरहेका कर्मचारीहरूले आज आइतवार थाल, घन्टीलगायतका भाँडाकुडा ठटाउँदै नाराबाजी गरेका छन् ।

प्रदर्शनकारीहरूले शिक्षा क्षेत्रको समस्या समाधान गर्न आवश्यक सङ्घीय शिक्षा ऐन जारी गर, बुँदा नम्बर १२७ खोइ रु, श्रम शोषण बन्द गरलगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका छन् ।

विरोध कार्यक्रममा नेपाल विद्यालय कर्मचारी परिषद्का राष्ट्रिय अध्यक्ष गंगाराम तिवारीले माग पूरा नभएमा असार १ गतेपछि अनिश्चितकालका लागि सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिनुभयो ।

 

 

 

 

 

 

प्रकाशित : 11 June, 2023

प्रतिक्रिया दिनुहोस्