नेप्सेमा ४०.४८ अंकको वृद्धि
सहयात्रा टिभी
काठमाडौं । जेठ २८, साताको पहिलो कारोबार दिन नेप्से ४० दशमलव ४८ अङ्कले बढेर एक हजार नाै सय ८० दशमलव ०९ विन्दुमा पुगेको छ ।
२.०९ प्रतिशतले बढेको बजार १९८००९ विन्दुमा उक्लिएको छ । आइतबार सबै उपसूचकहरु हरियाली देखिए ।
आइतबार भूगोल इनर्जी विकास कम्पनी र सिटी होटलको मूल्य सकारात्मक सर्किट लेवलमा बढ्यो । सिटी होटल आइतबारदेखि कारोबारमा आएको हो । गुहेश्वरी मर्चेण्ट, रियलाइन्स फाइनान्स, नागरिक लगानी कोषसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।
आइतबार ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड, मेघा म्यूचअल फण्ड, मनकामना स्मार्ट लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । नागरिक लगानी कोष, शिवमः सिमेन्टसहितका धितोपत्रको बढी कारोबार भएको छ ।
सेयर बजार