प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ बिहीबार
सहयात्रा टिभी
काठमाडौं । जेठ २९, प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आगामी बिहीबार हुने भएको छ ।

संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको हो । कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ ।


