विमानस्थलबाट ६ किलो चरेससहित एक जर्मन नागरिक पक्राउ

सहयात्रा टिभी

काठमाडौं । जेठ २९, एक जना जर्मन नागरिक ६ किलोभन्दा बढी चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको जानकारी प्राप्त भएको छ ।

टर्किस एयरलाइन्सबाट काठमाडौंबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जाँदै गरेका उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ६३ वर्षीय पल रिस्ट रहेको लागुऔषध नियन्त्रण व्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । ती जर्मन नागरिकको राहदानी नम्बर  c9wl4kwol हो ।

उनले सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएका थिए । विमानस्थल प्रहरीले जाँच गर्दा सो चरेस बरामद भएको थियो । त्यसपछि प्रहरीले लागुऔषध नियन्त्रण व्युरोको जिम्मा लगाएको थियो ।

व्युरोका प्रहरी उपरीक्षक जोशीले उनको साथबाट ६ किलोभन्दा बढी चरेस बरामद भएको र थप अनुसन्धान भइरहेको जानकारी दिए ।

 

प्रकाशित : 12 June, 2023

प्रतिक्रिया दिनुहोस्