स्वर्गद्वारी दर्शन गरेर फर्कीएका ८ जना सवार जीप भिङ्रीमा दुर्घटना

सहयात्रा टिभी

काठमाडौं । जेठ २९, प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्केको जीप दुर्घटनामा परेको जानकारी प्राप्त भएको छ ।

 

जीपमा चालकसहित ८ जना सवार थिए । उनीहरु गम्भीर घाइते रहेको र मानवीय क्षतिसमेत भएको हुनसक्ने प्रहरीको आशंका रहेको जनाएको छ ।

लु १ च ६३४५ नम्बरको ८ जना सवार गाडी स्वर्गद्वारी दर्शन गरी फर्किँदै गर्दा स्वर्गद्वारी नपा- ४ उपल्लो भिङ्रीमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

स्थानीयका अनुसार घटनामा परेको गाडीमा सवार ८ जना एकै ठाउँका हुन् । प्रहरीले मृत्युको पुष्टि नगरे पनि सबैलाई अस्पताल पठाउन थालेको र अवस्था छुट्टाउन नसक्ने रहेको जनाएको छ ।

दाङको लमही- ५ बाट स्वर्गद्वारी पुगेको गाडीमा सवारहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 12 June, 2023

प्रतिक्रिया दिनुहोस्