मुटुमा समस्या आए पछि राष्ट्रपति पौडेल गंगालालमा भर्ना

काठमाडौं । जेठ ३०, राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् । मुटुमा समस्या आए पछि राष्ट्रपति पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएको स्रोतले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार मंगलबार बिहान भर्ना गरि उनको थप उपचार भइरहेको छ । तर, राष्ट्रपति पौडेललाई भएको समस्याको बारेमा अस्पताल प्रशासनले स्पष्ट जवाफ दिएन । अस्पतालका निर्देशक डा. चन्द्रमणी अधिकारीले यस विषयमा केही बोल्न चाहेनन् ।