काठमाडौंका तीन वटा विद्यालयमा लगाएको ताला महानगरले फोड्यो
सहयात्रा टिभी
काठमाडौं । जेठ ३०, विद्यार्थी संगठनले काठमाडौंका तीन वटा विद्यालयमा लगाएको ताला काठमाडौं महानगरपालिकाले फोडेको जनाएको छ ।
काठमाडौंको संस्कृत माध्यामिक विद्यालय, वृहस्पति माध्यामिक विद्यालय र युलेन्स स्कुलमा विद्यार्थी संगठनले लगाएको ताला फोडिएको महानगर प्रहरीले जनाएको छ ।
छात्रवृत्ति विवरण, शुल्क स्वीकृति विवरण, कर्मचारीको पारिश्रमिक विवरण लगायतका माग राखेर अनेरास्ववियु (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिले आइतबार ती विद्यालयहरुमा ताला लगाएको थियो ।
महानगरका मेयर बालेन्द्र (बालेन) साहले बालबालिका पढ्ने ठाउँमा ताला लगाउनु अपराध भएको भन्दै ताला फोड्न निर्देशन दिएका थिए ।
‘चाहे विद्यालय सरकारी होस् वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौं’ मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन् ।