ग्यास लिक भएर आगलागी हुँदा एक को मृत्यु

सहयात्रा टिभी

भक्तपुर । असार १६, भक्तपुरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-९ पलासेका ३३ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सार्की यही असार १ गते आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा आज बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित : 1 July, 2023

प्रतिक्रिया दिनुहोस्