ओबामाको घरनजिकै विष्फोटक पदार्थसहित एक जना पक्राउ

सहयात्रा टिभी

न्युर्योक । असार १६, अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको निवासनजिक विष्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरिएको छ । सियाटलका ३७ वर्षीय टेलर टारान्टो भनेर चिनिने एक व्यक्तिलाई पक्राउ गरिएको हो ।

कानून प्रवर्तन अधिकारीहरूले बिहीबार बाराक ओबामाको वाशिंगटन डीसीस्थित घरनजिकै पक्राउ गरेकाेबारे हालै जानकारी सार्वजनिक भएको हो ।

सीबीएस न्युजका अनुसार सुरक्षाकर्मीहरुले टारान्टोलाई ओबामाको घरनजिकै शंकास्पद अवस्थामा फेला पारेका थिए । पछि सुरक्षाकर्मीले उनलाई पछ्याउन थाले । टारान्टोले ओबामाको निवासतर्फ भाग्ने प्रयास गरे तर त्यहाँ पुग्नु अघि नै उनलाई पक्राउ गरियो ।

गिरफ्तारीको क्रममा अधिकारीहरूले टारान्टोको भ्यान त्यहाँ नजिकै पार्क गरिएको भेट्टाए । उक्त भ्यानमा धेरै हतियार र सामग्रीहरू रहेको बताइएको छ ।

टारान्टोले भर्खरै लाइभस्ट्रिमको क्रममा सामाजिक सञ्जालमा एक व्यक्ति विरुद्ध धम्की दिएका थिए, जसले अमेरिकी अधिकारीहरूमा चिन्ता बढाएको थियो । खासमा उनीसँग जनवरी ८, २०२१ मा अमेरिकी क्यापिटलमा भएको आक्रमणमा संलग्नताको लागि पक्राउ पूर्जी पनि जारी गरिएको छ ।

अधिकारीहरूले ओबामाको छिमेकीले टारान्टोको उपस्थिति संयोगवश नभएको बताए। उनी केही महिनादेखि डिसी एरियामा बस्दै आएका थिए । उनी प्रायः डीसी जेल नजिकै आफ्नो भ्यानमा क्याम्पिङ गरेको देखियो । महानगरीय प्रहरी विभागका अनुसार टारेन्टो मुद्दामा हाल फरार रहेका व्यक्ति हुन् ।

प्रकाशित : 1 July, 2023

प्रतिक्रिया दिनुहोस्