बार–कर्मचारीद्धारा प्रेमिका तामाङविरुद्ध प्रहरीमा जाहेरी दिने तयारी

काठमाडौँ । असार १७, कानुन व्यवसायीहरुले ललितपुर जिल्ला अदालतका नायव सुब्बा प्रेमिका तामाङविरुद्ध ललितपुर प्रहरीमा जाहेरी दिन लागेका छन् ।
कर्मचारी तामाङले घुस मागेको दावीसहित उनीविरुद्ध जाहेरी दिन लागिएको हो ।
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार आइतबार बिहानै ललितपुर जिल्ला अदालत प्रशासन र कानुन व्यवसायीबीच छलफल गराउने तयारी भएको थियो ।
तर प्रशासन छलफलमा बस्न नै नचाहेको भन्दै बारले नै ललितपुर प्रहरीमा नायब सुब्बा तामाङविरुद्ध जाहेरी दर्ता गर्न लागेको हो ।
अध्यक्ष घिमिरेकाअनुसार प्रमाण नष्ट गरेको कसुरमा ललितपुर जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डे र नायब सुब्बा तामाङविरुद्ध जाहेरी दिन लागिएको हो ।
अध्यक्ष घिमिरेका अनुसार नायब सुब्बा तामाङले घुस मागेपछि विवाद भएको र विवादकै क्रममा हातपात भएको थियो ।
तर उक्त विवादको सिसीटिभी फुटेज श्रेष्तेदार पाण्डेले गायब बनाएको भन्दै पाण्डेविरुद्ध समेत प्रमाण नष्ट गरेको कसुरमा जाहेरी दिन लागिएको बारका केन्द्रीय अध्यक्ष घिमिरेले बताए ।