बलिउड जोडी टाइगर र दिशा ब्रेकअप पछि एकसाथ देखिए
सहयात्रा टिभी
काठमाडौँ । असार १७, केही समयपछि बलिउड जोडी टाइगर श्राफ र दिशा पटानीबीच ब्रेकअपको खबर आएको थियो ।
तर दिशाको जन्मदिनमा टाइगरले उनलाई बर्थडे विस गरे । ब्रेकअपको धेरै समयपछि यी दुई दिल्लीमा एकसाथ देखिएका छन् । सँगै देखिएपछि सम्भावित ‘प्याचअप’को चर्चा पनि सुरु भएको छ ।
दिल्लीमा आयोजित कार्यक्रममा दुवै जना मुम्बईबाट एउटै फ्लाइटमा सवार थिए । केही भिडियो अनलाइनमा सार्वजनिक भएका छन्, जसमा टाइगर र दिशा एकअर्काको छेउमा बसेर एकअर्कासँग कुरा गरिरहेका छन् । कतिपय फ्यान भने यी दुई फेरि एकजुट हुन लागेका हुन् कि भनेर उत्साहित पनि भएका छन् ।