अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु

काठमाडौँ । असार १९, अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ ।
गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए ।
आज बिहान करिब ५ बजेतिर आएको पहिरोले घर पुरेको थियो । घटनास्थलबाट तीन वटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।