ब्राजिलको मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले सम्हाल्ने
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असार २०, कार्लो एन्सेलोटी ब्राजिलको मुख्य प्रशिक्षक बन्ने भएका छन् । उनले २०२४ को कोपा अमेरिकाका लागि ब्राजिलको प्रशिक्षण सम्हाल्ने छन् ।
रियल मड्रिडसँगको सम्झौता यही वर्ष अथात् सन् २०२३ मा पूरा गरेर उनले ब्राजिलको जिम्मेवारी लिने भएका हुन् ।
६४ वर्षीय प्रशिक्षक एन्सेलोटीले करिअरमा पहिलो पटक कुनै राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्न लागेका हुन् । यसअघि उनी एक पटक इटालीको राष्ट्रिय टिममा एरिगो साचीको सहायक प्रशिक्षकको भूमिकामा थिए ।
फिफा विश्वकप २०२२ मा क्वाटरफाइनलमा क्रोयसियासँग पराजित हुँदै बाहिरिएपछि टिम छाडेका टेटेको स्थान एन्सेलोटीले लिने छन् ।
एन्सेलोटीले जिम्मेवारी लिँदासम्मलाई ब्राजिलले फ्लुमिनेसका मुख्य प्रशिक्षका फर्नान्डो डिनिजलाई अन्तरिम प्रशिक्षक बनाएको छ ।
डिनिज क्लबमै रहने छन् र फिफाका खेल भएका बेलामा राष्ट्रिय टिममा जाने छन् ।
एन्सेलोटीले भने २०२४ को कोपा अमेरिकाबाट २०२६ को फिफा विश्वकपसम्म टिमको जिम्मेवारी सम्हाल्ने स्पेनिस पत्रिका मार्काले जनाएको छ ।