भारतको दिल्लीमा सडक दुर्घटना हुँदा ६ जनाको मृत्यु

सहयात्रा टिभी

नयाँदिल्ली । असार २६, भारतको उत्तर प्रदेशको गाजियाबाद जिल्लामा एउटा ठूलो सडक दुर्घटना भएको छ ।

स्कूल बस र कार एक आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्राप्त जनाकारीअनुसार आज बिहान विजय नगर थाना क्षेत्रको दिल्ली–मेरठ एक्सप्रेसवेमा रहेको ताज राजमार्गको फ्लाईओभरमा एउटा स्कूल बस र एउटा कार ठोक्किएका थिए ।

प्रकाशित : 11 July, 2023

प्रतिक्रिया दिनुहोस्