सिरहामा एक जना प्रहरी जवानलाई पाता कसेर कार्यालयमै यातना

सहयात्रा टिभी

काठमाडौँ । असार २७, जिल्ला प्रहरी कार्यायल सिरहामा एक जना प्रहरी जवानलाई पाता कसेर  कार्यालयमै यातना दिएको पाइएको छ ।

कार्यालयमा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिइएको घटना बाहिरिएको हो ।

घटना गत मंगलबार साँझको हो । बढी डिउटी गराएको गुनासो गर्न जाँदा प्रहरी निरीक्षक हेमन्त राईले यातना दिएको पीडित प्रहरीको आरोप छ ।

हेमन्त राईले पाता कसेर १२ घण्टासम्म यातना दिएको पीडितलाई उद्दृत गर्दै उनका भाइ रजनिस रायले बताए । उनले यो घटनाविरुद्ध उजुरी पनि दर्ता गराउने तयारीमा रहेको बताए ।

सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द ईवा लिम्बुले भने रायले जाँड रक्सी खाएर जिल्ला अदालत अगाडि स्थानीबासियन्दालाई कुटपिट तथा दुर्व्‍यवहार गर्न थालेपछि समातेर ल्याइ सम्झाई बुझाई राखेको बताए ।

एसपीले मादक पदार्थ सेवन गरेको भने पनि तत्कालै समयमा प्रादेशिक अस्पताल सिरहामा गरेको मेडिकल टेस्ट रिपोर्टमा भने मादक पदार्थ सेवन गरेको नदेखिएको उनका भाइले दाबी गरे ।

प्रहरी जवान रायका भाइ रजनिसले एसपी, डिएसपी, इन्सपेक्टर सबैले मिलेर यस्तो घटना गराएको र ढाकछोप गर्न खोजेको आरोप लगाए । प्रहरी जवान रायको घर महोत्तरीको जलेश्वर नगरपालिका वडा नं। ८ फुलहट्टा हो ।

 

प्रकाशित : 12 July, 2023

प्रतिक्रिया दिनुहोस्