नेप्से आज दोहोरो अङ्कले बृद्धि

सहयात्रा टिभी

काठमाडौँ । असार २७, हिजो मङ्गलवार  घटेको शेयर बजार परिसूचक नेप्से आज बुधवार दोहोरो अङ्कले बृद्धि भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ३१ अङ्कले बढेर दुई हजार ९७ दशमलव ५५ विन्दुमा पुगेको छ ।

आज फाइनान्स र होटलबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । समग्रमा बजार बढेको दिन आज रावा इनर्जी कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

 

प्रकाशित : 12 July, 2023

प्रतिक्रिया दिनुहोस्