आकर्षणको केन्द्र बन्दै बागलुङको गाईघाट झरना

सहयात्रा टिभी

काठमाडौं । असार २८, बागलुङको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सङ्गमस्थलमा रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

उत्कृष्ट पर्यटकीय गन्तव्यमध्यको माध्यम बन्दै ताराखोलाको गाईघाट झरनाले दिन प्रति दिन पर्यटकलाई तानिरहेको छ ।

बाह्रै महिना सफा पानी बग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ । गाउँपालिकाको प्रवेशद्वारमै रहेको यस झरनाले आगन्तुकलाई स्वागत गरिरहेको छ । गाउँपालिकाले झरनाको तीव्र प्रचारप्रसार र पूर्वाधार विकास गरेपश्चात् यहाँ पर्यटकको आगमनमा वृद्धि भएको छ ।

झरनालाई थप व्यवस्थित र पर्यटकमैत्री बनाउनका लागि ताराखोला गाउँपालिकाले हरेक वर्ष भौतिक पूर्वाधार निर्माणलाई जोड दिएको छ ।

पहिले सडकदेखि झरनासम्म जोड्ने गरी निर्माण भएको झलुङ्गे पुल बाढीले बगाएपछि यस वर्ष नयाँ पुल निर्माण गरिएको छ । झरनाको सौन्दर्यकरणका लागि गाउँपालिकाले आगामी वर्षका लागि हरियाली पार्क निर्माणका लागि रु १५ लाख र पदमार्ग निर्माणका लागि रु १० लाख विनियोजन गरेको स्रोतले जनाएको छ ।

 

प्रकाशित : 13 July, 2023

प्रतिक्रिया दिनुहोस्