इमर्जिङ टिम्स एसिया कपमा ४ विकेटले नेपाल पराजित

सहयात्रा टिभी

काठमाडौं । असार २९, श्रीलंकामा चलिरहेको एसीसी इमर्जिङ टिम्स कपमा आफ्नो पहिलो खेलमा पाकिस्तान एसँग नेपाल ४ विकेटले पराजित भएको छ ।

कोलम्बोस्थित कोलम्बो क्रिकट क्लब ग्राउण्डमा जितका लागि पाएको १८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर भेटायो।

नेपालका लागि पवन सराफले ओपनर हसिबुल्ला खानलाई १२ रनमा गुल्सन झाको हातबाट र अर्का ओपनर सइम अयुबलाई पनि २४ रनमा बाउन्ड्री लाइनमा प्रतिस्थापन भएर आएका सन्दीप जोराको हातबाट क्याच आउट गराएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सोमपाल कामीले संयमित ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो ।

सुरुमा पाकिस्तानी बलर मोहम्मद वासिम जुनिय र शहनवाज दहानीको बलिङसामु नेपालको इनिङ्स धर्मराएको थियो । नेपालले रन बनाउन संघर्ष गरिरहेको थियो ।

नेपाललाई अलआउट गर्न पाकिस्तान ए का लागि दहानीले १० ओभरमा ३ मेडन राख्दै ३८ रन खर्चेर ५ विकेट लिए । यस्तै मोहमद वासिम जुनियरले १० ओभरमा १ मेडन राख्दै ५१ रन खर्चेर ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए ।

 

प्रकाशित : 14 July, 2023

प्रतिक्रिया दिनुहोस्