प्रहरीको स्कर्टिङबाट बञ्चरेडाँडामा फोहोर फाल्न सुरू

काठमाडौं । साउन ५, प्रहरीको स्कर्टिङबाट काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा लगेर विसर्जन गर्न सुरू गरिएको छ ।
शुक्रबार प्रहरीको स्कर्टिङमार्फत काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका करिब १ सय २० वटा गाडी बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका छन् ।
फोहोर बोकेर गएका गाडीलाई स्थानीयले सिसडोलमा अवरोध गर्न खोजेपनि प्रहरीले बल प्रयोग गरेर भीड पन्छाएको थियो ।
‘स्थानीयको भीडलाई प्रहरीले हटाएपछि रोकिएका गाडीहरु बञ्चरेडाँडा पुगेका छन्,’ फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्र घिमिरेले बताए ।
घिमिरेका अनुसार अहिले करिब १२० वटा फोहोर बोकेर गएको गाडी बञ्चरेडाँडा पुगेका छन् ।
नुवाकोटको ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले स्थानीयको विरोधका बाबजुद पनि प्रहरीले बल प्रयोग गरेर फोहोर लगेको बताए ।
स्थानीय सुमित्रा घिमिरेका अनुसार प्रहरीले स्थानीयमाथि बल प्रयोग गरेर फोहोर बोकेको गाडी बञ्चरेडाँडा लगेको बताइन् ।
स्थानीयहरूले १ साउनदेखि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जन गर्न अवरोध गर्दै आइरहेका थिए ।
स्थानीयको अवरोधका कारण काठमाडौं महानगरबाट फोहोर बोकेका कुनै पनि ल्यान्डफिल्ड साइट जान सकेका थिएनन् । बञ्चरेडाँडा र सिसडोलका स्थानीयहरुले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै नयाँ आर्थिक वर्ष सुरु भएकै दिन १ साउनदेखि फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीहरुलाई बाटोमै रोकेका थिए ।