शेयर बजार ६३ अङ्कले बढेर ६ महिनायताकै उच्च विन्दुमा

सहयात्रा टिभी

काठमाडौँ । साउन ७, चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भएको दिन आज आइतवार शेयर बजार उच्च अङ्कले बढेको छ ।

मौद्रिक नीतिले अहिलेको व्यवस्थालाई यथावत् नै राखेर शेयर लगानीको बारेमा छुट्टै मार्गदर्शन बनाउने उल्लेख गरेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ६३ दशमलव २४ अङ्कले बढेर दुई हजार दुई सय २७ दशमलव १६ विन्दुमा पुगेको छ ।

नेप्से छ महिनायताकै उच्च विन्दुमा पुगेको छ । यसअघि गएको पुस २८ गते नेप्से २२ सय ३७ विन्दुमा पुगेको थियो, त्यसपछि २२ सय २२ विन्दुभन्दा माथि बजार पुगेको थिएन ।

आज सबै समूहको शेयर बढेकोमा बैंकिङ, बीमा, व्यापार र विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । आज एक करोड २० लाख दुई हजार कित्ता शेयर चार अर्ब ३७ करोड ५१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ८१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

 

 

प्रकाशित : 23 July, 2023

प्रतिक्रिया दिनुहोस्