नेप्सेमा उच्च अंकको गिरावट

सहयात्रा टिभी

काठमाडौं । साउन ९, लगातार दोस्रो दिन पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन बढेको बजार त्यसपछि भने निरन्तर घटिरहेको छ । मंगलबार ३६.१९ अंकले घटेको बजार २१६४.२१ अंकमा झरेको छ ।

मंगलबार होटल र पर्यटन उपसूचकबाहेक सबै उपसूचकहरुको मूल्य घटेको छ । मंगलबार २६७ धितोपत्रको ५३ हजार ५७० कारोबारबाट ७७ लाख १६ हजार २७७ कित्ता सेयर किनबेच भएको छ । २ अर्ब ९१ करोड ७ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।

 

प्रकाशित : 25 July, 2023

प्रतिक्रिया दिनुहोस्