ग्रिसमा जंगलको आगो निभाउन गएको विमान दुर्घटना, दुई पाइलटको मृत्यु
सहयात्रा टिभी
एथेन्स । साउन १०, ग्रिसको इभियामा जंगलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ । सो दुर्घटनामा विमानमा सवार दुबै पाइलटको मृत्यु भएको जनाइएको छ ।
मिडिया रिपोर्टका अनुसार सीएल–२१५ विमान इभियाको जंगलमा लागेको आगो निभाउनका लागि प्रयोग गरिएको थियो।
विमानको पखेटाले रुखमा छोएपछि जमिनमा खसेर आगो लागेको थियो ।
हाल ग्रिसको जंगलमा डडेलो लागेका कारण हजारौं मानिसहरू विस्थापित हुन पुगेका छन् । ग्रिस सरकारले स्थानीयलाई स्थानान्तरण गरेर जंगलमा लागेको आगो निभाउनका लागि सम्पूर्ण प्रयत्न जारी राखेको जनाएको छ ।