नेप्सेमा दोहोरो अंकको गिरावट

सहयात्रा टिभी

काठमाडौँ । साउन १६, साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसुचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ ।

घट्दो बजारमा पनि म्युचुअल फण्डका लगानीकर्ताहरुले भने कमाएका छन् । अन्य सबै उपसूचक राताम्य हुँदा म्युचुअल फण्डमा ०।३५ प्रतिशतको वृद्धि देखियो ।

मंगलबार २६२ धितोपत्रको ४० हजार ८३७ वटा कारोबारबाट ६० लाख १५ हजार ६७ कित्ता सेयर किनबेच भएको छ । मंगलबार १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार होटल र टुरिजम, वित्त, विकास बैंक तथा जलविद्युत क्षेत्रका लगानीकर्ताले धेरै गुमाएका छन् । सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावर ४.६० प्रतिशतले बढ्यो ।

प्रकाशित : 1 August, 2023

प्रतिक्रिया दिनुहोस्