उद्धव थापाद्वारा मुख्यमन्त्रीमा पुन बहुमतको दाबी प्रस्तुत

सहयात्रा टिभी

काठमाडौँ । साउन १६, मुख्यमन्त्री नियुक्त भएको २२ दिनमै पदमूक्त भएका काँग्रेस नेता उद्धव थापाले पुनः प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष बहुमतको दाबी प्रस्तुत गरेका छन् ।

सभामुख बाबुराम गौतमलाई राजीनामा गराउन सफल देखिएका थापाले काँग्रेसका २९, माओवादी केन्द्रको १३, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद सहित दाबी प्रस्तुत गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालय पुगेर थापाले सत्ता गठबन्धनका तर्फबाट ४७ सांसदको समर्थनमा सरकारको दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले आज ५ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकारको दाबी पेस गर्न आव्हान गरेका थिए । सोही आव्हान अनुसार थापाले दाबी पेस गरेका हुन् ।

 

प्रकाशित : 1 August, 2023

प्रतिक्रिया दिनुहोस्