के हो ? कन्जनटिभाइटिस संक्रमण

काठमाडौँ । साउन १७, हिजो आज महामारीको रुपमा आखा पाक्ने रोगको संक्रमण फैलिएको छ ।
यस्ले बालबालीका र बृद्ध बृद्धामा धेरे देखिएको छ । दुसित हावामा यसको भाइरस फैलिने हुनाले यसले सजिलै आक्रमण गर्ने आखा विषेसज्ञको मान्यता रहेको छ । आज आखा पाक्ने रोग र त्यसको बारे केहि चर्चा गरौं ।
आखाको कन्जनटाइमा नामक पारदर्शी झिल्ली सुन्निनुलाई आखा पाक्ने रोग (conjunctivitis virus) भनिन्छ । यो रोग विशेषत: व्याक्टेरीया र भाइरसको संक्रमण तथा एलर्जीले हुन्छ । तर वर्षातको समयमा सजिलै फैलिने संक्रमण भाइरसले गर्दा हुन्छ ।
यसका लक्षण
आखा रातो हुने ।
उज्यालोमा बस्न नसक्ने ।
आखा बाट आशु वगिरहने ।
मन्द मन्द टाउको र घाटी दुख्ने ।
आखामा फोहोर परेर विझए जसरी विझाउने ।
कसै कसैका चिप्रा आउने , विहान उठ्दा आखाको ढकनी एक आपसमा टासिने ।
यसको उपचार
आफु खुसी जथा भावि औषधि प्रयोग नगर्ने ।
समय समयमा सफ पानिले आखा सफा गरी वरफले सेक्ने गरीरहनु पर्छ ।
आखाको सम्बन्धित चिकित्सक वा आखा अस्पतालमा गएर जाच गरी मात्र औषधिको प्रयोग गर्नुपर्छ ।
यसको रोकथाम आखा पाकेको व्यक्तिहरु भिडभाडमा नजाने । विद्यालय जाने बालबालीका भए विद्यालय नजाने घरैमा आराम गर्ने । बारम्बार हातले आखा नछुने, आखा छोए पछि साबुन पानिले हात धुने । यदि contact lens को प्रयोग गरिरहेको भए प्रयोग नगर्ने ।