नेप्सेमा एकल अंकको सामान्य वृद्धि
सहयात्रा टिभी
काठमाडौँ । साउन १७, उतारचढावका बीच आज बुधबार नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ ।
सेयर बजार परिसूचक नेप्से दिनभर उचारचढाव हुँदा अन्तिम समय नेप्से परिसूचक ९.२५ अंकले बढेर बन्द भएको छ ।
सूचीकृत कम्पनीले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने पर्खाइमा सेयर लगानीकर्ताहरु छन् । जसले गर्दा नेप्से परिसूचकसँगै कारोबार रकम पनि ठूलो उतारचढाव भने छैन ।
बुधबार प्रभु स्मार्ट फण्डको इकाइमूल्य भने १० प्रतिशतले गिरावट भएको छ । एनआईबीएल समृद्धि फण्डको इकाइमूल्य ४.५८ प्रतिशतले गिरावट भएको हो । सुपर मादी हाइड्रोपावरको सेयरमूल्य ४.०५ प्रतिशत र सामुदायिक लघुवित्तको सेयरमूल्य ३.८३ प्रतिशतले गिरावट भएको छ ।