केकीले ‘बोक्सीको घर’लाई यसै वर्ष दर्शकमाझ ल्याउने

सहयात्रा टिभी

काठमाडौँ । साउन १७, अभिनेत्री केकी अधिकारीले आफ्नो होम प्रोडक्सन फिल्म ‘बोक्सीको घर’लाई दर्शकमाझ ल्याउने भएकी छिन् ।

उनको  लागि २०८० साल व्यस्तताको वर्ष हुनेछ । किनभने यस वर्ष उनी फिल्म र टिभी कार्यक्रममा निर्मात्री र कलाकारको रुपमा व्यस्त हुँदैछिन् ।

बोक्सी कुप्रथाविरुद्धको सन्देश दिने यो फिल्मलाई दशैं-तिहारपछि दर्शकमाझ ल्याउने उनको तयारी छ । त्यसअघि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा यो फिल्मको विश्व प्रिमियर गर्ने योजना छ ।

केकीले निर्माण गरेको यो फिल्मलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । फिल्ममा केकी र सुलक्षणको शीर्ष भूमिका समेत छ ।

 

प्रकाशित : 2 August, 2023

प्रतिक्रिया दिनुहोस्