डा. बाबुराम भट्टराईद्धारा सुनकोशी मरिन डाइभर्सनको अवलोकन

सहयात्रा टिभी

काठमाडौँ । साउन १८, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय परियोजनाको अवलोकन गरेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा. भट्टराई बागमतीका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठ लगायतका नेतासँग उक्त परियोजनाको अवलोकन गर्न बिहीबार सुरुङ निर्माणस्थल पुगेका थिए ।

परियोजना अवलोकनका क्रममा अध्यक्ष भट्टराईले पूर्वपश्चिम बग्ने नदी डाइभर्सन गरेर तराई मधेसमा सिंचाइ गर्न सक्दा ठूलो आर्थिक क्रान्ति सम्भव हुने बताए । उनले यस्ता युगान्तकारी परियोजनालाई उच्च महत्व दिएर अघि बढाउनुपर्नेमा जोड दिए ।

सिन्धुलीको खुर्कोटमा हेडवर्क निर्माण गरी १३.२ किलोमिटर सुरुङमार्फत सुनकोशी नदीको पानी मरिन नदीको किनारमा पुर्‍याउने तयारी छ।

सुरुङमार्फत ल्याएको पानीलाई सिन्धुलीको कमलामाई नगरपालिका २, कुसुमटारमा रहेको मरिन नदीको किनारमा बनाइएको ६४ मिटर अग्लो हेडमा खन्याइनेछ ।

त्यहाँ विद्युत उत्पादनपछि बग्ने पानी मरिन नदी हुँदै बागमतीमा पुग्नेछ । बागमती सिंचाइ आयोजनाबाट करिब १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाइ गर्ने आयोजनाको लक्ष्य छ ।

 

प्रकाशित : 3 August, 2023

प्रतिक्रिया दिनुहोस्