सरकारद्धारा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष सिफारिस समिति गठन

सहयात्रा टिभी

काठमाडौँ । साउन १८, सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति सिफारिसका लागि समिति गठन गरेको जनाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उपाध्यक्ष नियुक्तिका लागि समिति गठन गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

चिकित्सा शिक्षा आयोग ऐन अनुसार आयोगको उपाध्यक्ष नियुक्ति सिफारिसका लागि ३ सदस्यीय समिति रहने जनाएको छ ।

लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने समितिमा मुख्य सचिव वा मुख्यसचिवले तोकेका प्रधानमन्त्री कार्यालयका एक जना सचिव र चिकित्सा क्षेत्रको प्राध्यापकहरुमध्ये सरकारले एक जना महिला रहने जनाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस समितिको सदस्यमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानकी प्राध्यापक डा. लोचना श्रेष्ठलाई तोकेको छ ।

आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको पदावधि सकिन लागेकाले सरकारले अर्को उपाध्यक्ष नियुक्ति सिफारिसका लागि समिति बनाएको हो ।

 

प्रकाशित : 3 August, 2023

प्रतिक्रिया दिनुहोस्