कालीगण्डकीमा एक जना बेपत्ता

सहयात्रा टिभी

दमौली । साउन १९, तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेनी सङ्गममा कालीगण्डकी नदीले बगाएर आज एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् ।

त्रिशूली र कालीगण्डकीको सङ्गमस्थलमा नुहाउँदै गरेका भुसाललाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। बेपत्ता भुसालको खोजी कार्य भइरहेको छ ।

प्रकाशित : 4 August, 2023

प्रतिक्रिया दिनुहोस्