ललितपुरको मन्त्री निवास अब ‘न्यायाधीश निवास’ बन्ने

काठमाडौं । साउन १९, ललितपुरको पुल्चोकस्थित मन्त्री निवास अब सर्वोच्च अदालतका न्यायाधीशहरुको निवास बन्ने भएको छ ।
भैंसेपाटीमा मन्त्रीहरुको निवास निर्माण भएपछि पुल्चोकमा रहेको मन्त्री निवासलाई सर्वोच्च अदालतका न्यायाधीशको निवास बनाउने निर्णय भएको हो ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मन्त्रिपरिषदबाट भएको निर्णयको पत्र प्राप्त भइसकेको बताए ।सर्वोच्च अदालतका न्यायाधीशहरुले सामूहिक आवास पाउने निर्णय भएको छ ।’
अहिले प्रधानन्यायाधीश बाहेक सर्वोच्च अदालतका न्यायाधीशहरुले सरकारी निवास पाएका छैनन् । आफ्नो घर हुने न्यायाधीशले मर्मत खर्च र भाडामा बस्नेहरुले घर भाडाको सुविधा नगदमै बुझिरहेका छन् ।