चीनमा ५.५ रेक्टरस्केलको भूकम्प, २० जना घाइते
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
बेइजिङ । साउन २१, चीनको शानडोङ प्रान्तमा भूकम्प गएको छ । शनिबार राति देझाउ सहरको पिङयुवान काउन्टीमा ५.५ रेक्टरस्केलको भूकम्प गएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भुकम्पमा परी २० जना घाइते भएका छन् । चीनको राजधानी बेइजिङबाट तीन सय किलोमिटर टाढाको शानतोंग प्रान्तको तचौ शहरमा भुकम्पले क्षति पुर्याएको हो । भूकम्पको केन्द्रबिन्दु डेझोउ शहरबाट २६ किलोमिटर दक्षिणमा १० किलोमिटर गहिराइमा थियो।
यसअघि शनिबार अफगानिस्तानमा पनि ५.८ रिक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको केन्द्रबिन्दु हिन्दुकुश क्षेत्र थियो । अफगानिस्तानमा गएको भूकम्पबाट कुनै क्षति भएको छैन ।