वडाध्यक्षको नेतृत्वमा स्थानीयले श्रमदान गरी सडक मर्मत गरे

सहयात्रा टिभी

काठमाडौं । साउन २१,  प्युठानको मल्लरानी गाउँपालिका–३ का वडाध्यक्षको नेतृत्वमा एक सय जनाभन्दा बढी स्थानीयले जनश्रमदानमार्फत  सडक मर्मतको काम शुरु गरेका छन् ।

सरकारी कामकाजमा जनश्रमदानलाई अनिवार्य गरे पनि सक्रियता कम भएको भन्दै आफ्नै नेतृत्वमा स्थानीयको सहभागिता गराएको वडाध्यक्ष नोमराज पौडेलले जानकारी दिनुभयो ।

मल्लरानी गाउँपालिका–३ धरमपानीदेखि रस्पुरकोट–गिरचौर–शिरकोट हुँदै मल्लरानी गाउँपालिका–५ को सरङकोटसम्म जोड्ने मोटरबाटोको मर्मत गरिएको छ । सडक मर्मतबाट दुई वटा वडाका पाँच सय ७० वटा घरधुरी लाभान्वित भएका छन् ।

बर्खाले गर्दा मोटरबाटोका विभिन्न ठाँउमा पहिरो गएको, भलका कारण खाल्डाखुल्डी परेको तथा बाटोको दायाँबायाँ रहेका बुट्यानहरू हटाउने काम स्थानीयले गरेका हुन् ।

 

 

 

प्रकाशित : 6 August, 2023

प्रतिक्रिया दिनुहोस्