गृहले अछाम र जाजरकोटमा नयाँ प्रजिअ पठायो

सहयात्रा टिभी

काठमाडौं । साउन २२, गृह मन्त्रालयले अछाम र जाजरकोटमा नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पठाएको छ ।

अछाममा शरद कुमार पोखरेल र जाजरकोटमा सुरेश सुनारलाई प्रजिअ बनाइएको हो । पोखरेल पछिल्लो समय जिल्ला प्रशासन कार्यालय मोरङमा र सुनार गृह मन्त्रालयमा कार्यरत थिए ।

अछाममा यसअघि शिवराम न्यौपाने प्रजिअ थिए । उनले स्वास्थ्य समस्याका कारण मन्त्रालयमा सरुवा मागेकाले उनको ठाउँमा मोरङका सहायक प्रजिअ पोखरेललाई पठाइएको गृह मन्त्रालय स्रोतले बतायो ।

मुगु र दार्चुलाको प्रजिअ भैसकेका पोखरेलसँग काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक प्रजिअको रुपमा काम गरेको अनुभव छ ।

सुनारले यसअघि डोल्पा र बझाङमा प्रजिअ तथा मोरङ र बाँकेमा सहायक प्रजिअका रूपमा काम गरेका थिए ।

प्रकाशित : 7 August, 2023

प्रतिक्रिया दिनुहोस्