कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघमा विवाद

काठमाडौं । साउन २२, नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघमा विवादविवाद भएको छ ।
महिला संघको अध्यक्ष उषा राउत मिश्रले जिल्ला अध्यक्षहरु मनोनित गरेपछि अर्को पक्षले विरोध गरेको छ । संस्थापनइतर पक्षका १२ जना जिल्ला अध्यक्ष हटापछि विवाद भएको हो ।
संस्थापनइतका २० केन्द्रीय सदस्यले सोमबार पत्रकार सम्मेलन गरेर निर्णय सच्याउन चेतावनी दिएका छन् । ३ दिन भित्र निर्णय नसच्याए देशभर समानान्तर समिति बनाउने र २० जना केन्द्रीय सदस्यले सामूहिक राजनीनामा दिने चेतावनी उनीहरुले दिएका छन् ।